2 years ago
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर अप्सरी बेगमको अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराएको छ । पहिलो खेलमा कर्णालीलाई १० विकेटले हराएको कोशी अंक तालिकामा शीर्ष स्थानमा छ ।
जितको लागि ८८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कोशीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगमले ५४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाइन् ।
काजोल श्रेष्ठ ५१ बलमा ३ चौका र १ छक्कासहित ४१ रनमा नट आउट रहिन् । अश्मिना कर्माचार्यलाई छक्का हान्दै काजोलले खेल सकाएकी थिइन् ।
ओपनर रुविनालाई २ रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि अप्सरी र काजोलले ८२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बागमतीकी संस्कृति फुँयाल र सोनी पाख्रिनले १–१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । बागमतीकी यसोदा विष्टले ५४ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । एक समय ८.२ ओभरमा २१-४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटका यसोदा र अश्मिना कर्माचार्यले ५५ रनको साझेदारी गरेका थिए ।
अस्मिना २४ बलमा ३ चौकासहित २४ रनमा रुविना क्षेत्रीको बलमा रन आउट भइन् । कोशीलाई तीव्र गतिकी बलर सबनम राईले उत्कृष्ट सुरुवात दिलाएकी थिइन् ।
पहिलो ओभरको अन्तिम बलमा ओपनर हेलिसा गुरुङलाई १ रनमा बोल्ड आउट गरिन् । पाँचौं ओभरको पाँचौं बलमा सोनी पाख्रिनलाई ३ रनमा एलबीडब्लू आउट गरेकी थिइन् ।
कन्चन श्रेष्ठ संगिता राईको बलमा ८ रनमा बोल्ड आउट भइन् । स्पिनर संगिताको बल रोक्ने धुनमा दुर्भाग्यपूर्ण बोल्ड भएकी थिइन् । सलिना सिलवाल ३ रनमा रन आउट हुँदा यशु पाण्डे शून्यमा बोल्ड भइन् ।
कोशीको लागि अप्सरी बेगमले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सबनम राइले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । संगिता राइले १ विकेट लिइन् । पहिलो खेलमा बागमतीले मधेशलाई तथा कोशीले कर्णालीलाई हराएको थियो ।
July 10, 2025
एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई ७ पराजित गरेको छ । शजको खेल जितेपछि घरेलु टोलीले ३ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]