2 years ago
January 1, 2024
एजेन्सी – अष्ट्रेलियाका दुई पटकका विश्वकप विजेता ओपनर डेविड वार्नरले ओडिआई क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । दुई महिना अघि भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियालाई जिताउन महत्वपूर्ण प्रदर्शन गरेका वार्नरले ओडिआईबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

वार्नरले २०२३ को विश्वकपमा २ शतकसहित कुल ४ सय ९४ रन बनाएका थिए । पाकिस्तानविरुद्ध १ सय ६४ र नेदरल्यान्ड्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । उनले अष्ट्रेलियाबाट १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकसहित कुल ६ हजार ९ सय ३२ रन बनाएका थिए ।
बायाँ हाते ब्याटर डेविड वार्नर विश्व क्रिकेटमा आक्रामक ब्याटिङका लागि चर्चित ब्याटर हुन् । आफ्नो विष्फोटक ब्याटिङमा टोलीको जित सहज बनाउने खुबी राख्ने गर्दछन् ।
यस विश्वकपमा सानदार प्रदर्शन गरेपछि उनले २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्न सक्ने अनुमान गरिएको थियो । तर सोमबार उनले ओडिआईबाट सन्न्यास लिएको जानकारी दिएका छन् । वार्नरले अन्तिम टेस्ट खेल पाकिस्तानविरुद्ध बुधबार देखी सुरु हुने खेल खेल्दैछन् । उनको यो बिदाई खेल हुनेछ ।
वार्नरले १ सय ११ टेस्ट खेलमा २६ शतक र ३६ अर्धशतकसहित कुल ८ हजार ६ सय ९५ रन बनाएका छन् । वार्नरले अष्ट्रेलियाबाट टि२० आई खेल भने खेल्नेछन् ।
२०२१ मा अष्ट्रेलियालाई टि२० विश्वकपको उपाधि जिताउन वार्नर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । वार्नरले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्ने पक्का छ । त्यसपछि उनले युवा खेलाडीलाई मौका दिन नखेल्न सक्छन् ।
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा खेल्ने भएका छन् । एनपिएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनर ताहिरलाई अनुबन्धन गरेको जनाएको छ । ताहिरसँग सबैखाले खेलमा गरि झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएका छ । पाकिस्तानमा जन्मिएका […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकप कप क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने भएका छन् । कात्तिक २५ (नोभेम्बर ११) मा भारतको नयाँ दिल्लीमा सुरु हुने विश्व कप मंसिर ७ (नोभेम्बर २३) मा श्रीलंकामा फाइनल हुनेछ। गुप्ता आज भारत गएका छन् । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]