default_image

12 months ago

July 27, 2024

श्रीलंकामाथि भारतको जित

1026 views

0 Bookmark

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ ।

श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १ सय ७० रन मात्र बनायो ।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । उनले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।

पहिलो विकेटका लागि निशंका र मेन्डिसले ८.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि लगातार विकेट गुमाउँदा श्रीलंकाले हार टार्न सकेन ।

कुशल परेराले २०, कमान्डु मेन्डिसले १२ र मथिशा पथिरानाले ६ रन जोडे । भारतका लागि रियान परागले ३, अर्शदिप सिंह र अक्षर पटेलले समान २ तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए । उनले २६ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

रिषभ पन्तले ३३ बलमा ४९ रन बनाउँदा ओपनर यशस्वी जैसवालले २१ बलमा ४० रन बनाए । शुभमन गिलले ३४, अक्षर पटेलले अविजित १० तथा हार्दिक पान्ड्याले ९ रन बनाए ।

श्रीलंकाका लागि मथिशा पथिरानाले ४ ओभरमा ४० रन खर्चिएर ४ विकेट लिए । दिल्शान मधुशंका, आसिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान १ विकेट लिए ।

दुई देशबीचको दोस्रो टि-ट्वान्टी आई खेल आइतबार रहेको छ ।

July 17, 2025

तिरहुतलाई सप्तरी प्राइड लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]

July 16, 2025

न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ […]

July 16, 2025

एसपिए र सुदूरपश्चिमबीचको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ । एसपिएका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले बिहिवार सम्झौतामा हस्ताक्षर गरे । एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेको थियो । यसबाहेक […]

Success

Thank you for your time.