1 year ago
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) सकिएसँगै टियु मैदान बन्द हुनसक्ने नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले बताएका छन् ।
एपिएलको लोगो तथा मिति सार्वजनिक गर्न सोमवार आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै खड्काले संरचना निमार्णका लागि मैदान केही समय बन्द हुनसक्ने बताएका हुन् । क्यानले मंसिर १५ देखि पुसको ६ गते सम्म एनपिएलको पहिलो संस्करण आयोजना गर्ने घोषणा गरेको छ ।
‘सरकारी प्रकृया पूरा हुन केही समय लाग्छ । प्रधानमन्त्रीले घोषणा गर्नु भएको समयमा पूरा नहुन पनि सक्छ । सरकारले आन्तरिक प्रकृया सबै पूरा गर्ने समयमा हामीले एनपिएल आयोजनाका लागि मैदान दिन अनुरोध गरेका छौ । यसका लागि सरकारबाट ग्रिन सिग्नल प्राप्त गरिसकेका छौं,’ राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खड्काले भने, ‘यदी त्यो समयसम्ममा सबै प्रकृया पूरा भएको अवस्थामा एनपिएल पछि टियु मैदान बन्द पनि हुन सक्छ । बन्द यसर्थमा कि मैदानका संरचना सबै पूरा गर्नका लागि।’

क्यानको नयाँ कार्य समिति आए देखि नै प्राथमिकतामा राख्दै आएको एनपिएलको पहिलो संस्करणमा नेपाली लगानीकर्तालाई पहिलो प्राथमिकतामा राखेर चयन तर्फ क्यान रहेको सचिव पारसले बताए ।
‘पहिलो संस्करणको लिगमा नेपाली लगानीकर्तालाई पहिलो प्राथमिकतामा राखेका छौ । आगामी वर्षहरुमा समय परिस्थिती सबै मिलेको खण्डमा विदेशी लगानीकर्तालाई पनि ल्याईने छ । धेरै र ठूला विदेशी लगानीकर्ताले समेत चासो देखाउनु भएको छ,’ खड्काले ले थपे ।
पहिलो संस्करणमा नै कस्तो खालका खेलाडी एपिएलसँग जोडिन्छन् भन्ने अहिले नै अनुमान लगाउन नसकिने उनको बुझाइमा छ ।
उनले भने,’हामीले यो प्रतिगोगिताका लागि चयन गर्ने हरेक टोलीले जित्नकै लागि लिगमा सहभागिता जनाउनु हुन्छ । कस्ता विदेशी खेलाडी ल्याउने भन्ने क्यानको अधिकार भन्दा पनि टिमहरुको चयन कुरा हो । हामीले ठूला नामका खेलाडी ल्याउन टिमहरुले चाहेमा सम्बन्धित बोर्डसँग भने कुराकानी गर्न सक्छौ।’
खड्काका अनुसार लिगमा सहभागी हुने टिमहको आवेदन क्यानमा आईसकेको छ । उनले अगाडी भने ‘कति टोलीलाई लिगमा सहभागी गराउने विषयको निधो नभइसकेको अवस्था छ । यसको निर्णय हामी चाडै नै दिनेछौ । विदेशी खेलाडीलाई टिमहरुले सिधै छान्ने छन् । भने नेपाली खेलाडीको लागि भने अक्सन हुनेछ ।’


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]