default_image

1 year ago

August 29, 2024

पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने

6960 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्।

भारतमा जारी अक्सनमा लिजेन्ड लिगमा बिहीवार गुजरातले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसलाई वेस प्राइसमा नै टिममा अनुबन्ध गर्न सफल भएको हो ।

पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ ।

पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत रहेका छन् । यस लिगमा सुरेश रैना, इशुफ पठान, हरभजन सिंह, रोविन उथप्पा लगायतका खेलाडीहरु रहेका छन् ।

लिगमा ६ टोलीले सहभागीता जनाउदै छन् । पारस लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए । पहिलो संस्करणको लिग कतारमा भएको थियो ।

पारसले नेपालका लागि १० ओडिआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । उनले ३ वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्न्यास लिएका थिए।

November 8, 2025

हङकङ सिक्सेस – नेपाल ३.३ ओभरमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

Success

Thank you for your time.