default_image

1 year ago

September 1, 2024

पोखराको स्वामित्व पाउनुपर्ने एभेन्जर्सको माग

1939 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षअघि नेपाल टि ट्वान्टी लिगमा सहभागी पोखरा एभन्जर्सले बिना प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी रहने पोखरा फ्रन्चाइजीको स्वामित्व आफूहरुलाई दिन माग गरेको छ ।

नेपाल टि ट्वान्टी क्रिकेट प्रा. लि. को स्वामित्वमा रहेको एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) सॅंग नेपाल प्रिमियर लिगको तोकिएको फ्रान्चाइज फी तिर्ने सर्तमा आफूहरुलाई स्वामित्व दिन माग गरेको हो ।

‘रणनीतिक साझेदारको रुपमा भारतिय कम्पनी रहेपनि टि ट्वान्टी लिगको आयोजक क्यान नै थियो । आफूले क्यानको आइटिटी अनुरुप ८ वर्षका लागि टिम खरिद गरेको तथा पहिलो संस्करणको लिगमा सहभागी हुँदासम्म हाम्रो करोडौ रुपैयाँ लगानी भइसकेको हुँदा सो लगानी सुरक्षित हुने वातावरण निर्माण गरिदिन समेत क्यानलाई अनुरोध गर्न चाहन्छौ,’ एभेन्जर्सका सुवोध त्रिपाठीले भनेका छन् ।

‘क्यान वा उसको रणनीतिक साझेदारका तर्फबाट कोही कसैले कुनै पनि औपचारिक जानकारी नदिई एक्कासी सोही प्रकृतिको अर्को नेपाल प्रिमियर लिगको घोषणा गर्दै क्यानले फ्रेन्चाइच छनोट लगायतका कार्य अगाडि बढाए पछि हामीमा अन्योल सिर्जना भएको छ , ‘ एभेन्जर्सले भनेको‌ छ।

साउन २९ गते क्यानलाई विना प्रतिस्पर्धा पोखरा टिम उपलब्ध गराइदिन पत्राचार गरेको उल्लेख गरेको गर्दै आरएफपी‌ प्रक्रियामा सहभागी भएमा टिम उपलब्ध गराउने आश्वासनपछि प्रक्रियामा सहभगी भएको एभेन्जर्सले दाबी गरेको छ।

अहिलेसम्मको सबै लगानी पोखरा एभेन्जर्स नाममा भएकाले आफूहरु बाहेकले पोखराको स्वामित्व पाउनु स्वभाविक नहुने एभेन्जर्सको भनाई छ।

क्लबको नेपालको क्रिकेटको समग्र विकासका लागि एनपिएल जस्ता फ्रेन्चाइज लिगको महत्वको बारेमा फरक मत नरहेको जनाउँदै क्यानकै आयोजनामा भएको र बारम्बार एक मात्र आधिकारीक टि ट्वान्टी लिग भनी प्रचार गरेको नेपाल टि ट्वान्टी लिगमा करोडौं लगानी गरी टिम खरिद गरेका लगानीकर्ताहरुको लगानी सुरक्षित गर्ने जिम्मावारी पनि क्यानको रहेको एभेन्जर्सले बताएको छ।

‘ हाम्रो स्वामित्वमा रहेको पोखरा एभेन्जर्सलाई प्रस्तावित एनपिएलमा टिममा स्वतः रुपान्तरण गरिदिई नेपाली क्रिकेटको विकासमा योगदान गर्ने उद्देश्य सहित गरिएको लगानी सुरक्षित गर्न अनुरोध गर्दछौ’ क्लबले भनेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.