1 year ago
September 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँग पहिलो अभ्यास खेलमा आज खेल्दैछ ।
क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका भ्रमणमा छ ।
श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । नेपालले सोही टोलीसँग बुधवार र बिहीवार पनि अभ्यास खेल खेल्नेछ ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान) , आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा खेल्ने भएका छन् । एनपिएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनर ताहिरलाई अनुबन्धन गरेको जनाएको छ । ताहिरसँग सबैखाले खेलमा गरि झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएका छ । पाकिस्तानमा जन्मिएका […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकप कप क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने भएका छन् । कात्तिक २५ (नोभेम्बर ११) मा भारतको नयाँ दिल्लीमा सुरु हुने विश्व कप मंसिर ७ (नोभेम्बर २३) मा श्रीलंकामा फाइनल हुनेछ। गुप्ता आज भारत गएका छन् । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]