1 year ago
September 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीपले ओडिआईमा अन्तिम पटक भारतसँग एसिया कपका क्रममा खेलेका थिए । अर्जुन साउदले पनि करिब १४ महिना पछि नेपालको ओडिआई टोलीमा मौका पाएका छन्
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने बताएको थियो । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]