default_image

1 year ago

September 13, 2024

क्रिकेट टोलीका कप्तान रोहित वर्ष उत्कृष्ट पुरूष खेलाडी

2650 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्।

रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो।

रोहित टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा सर्वाधिक ६ सय ८० रन बनाउन सफल रहे। जसमा ५ वटा अर्धशतक सामेल छन्। यस्तै उनले ४ विकेट पनि लिए।

नेपाली क्रिकेटले २०८० सालमा प्राप्त गरेको थुप्रै ऐतिहासिक सफलता दिलाउने कप्तान रोहित वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।‌

उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पारे।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.