default_image

10 months ago

September 14, 2024

अस्ट्रेलियामाथि इङ्ग्ल्यान्डको जित

495 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डले शुक्रवार अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ ।

जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो ।

कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ८७ रन जोडे । प्लेयर अफ द म्याच भएका उनले ४७ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरे ।

जाकोब बेथहिलले २४ बलमा ४४, ओपनर तथा कप्तान फिल साल्टले २३ बलमा ३९ तथा अर्का ओपनर विल ज्याक्सले १२ रन जोडे । अस्ट्रेलियाका म्याथ्यु शर्टले ३ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । सन एबटले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । टोलीका लागि ज्याक फ्रेजरले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले ।

विकेट किपर जोस इङ्ग्लिसले २६ बलमा ४२, ओपनर ट्राभिस हेडले १४ बलमा ३१, अर्का ओपनर म्याथ्यु शर्टले २४ बलमा २८ तथा आरोन हार्डीले ९ बलमा नट आउट २० रन बनाए ।

घरेल टोलीका लागि लियम लिविगंस्टोन र बाइडोन कार्सले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतवार हुनेछ ।

July 12, 2025

एनपिएल २ – अक्सनका लागि खेलाडी रजिष्ट्रेसन खुला

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गरेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ए, […]

July 12, 2025

नेपालसँग खेल्ने पाकिस्तान ‘ए’ को टोली घोषणा

एजेन्सी – नेपालसँग टप इण्ड टि ट्वान्टी सिरिजमा खेल्ने पाकिस्तान ‘ए’ टोलीको घोषणा भएको छ । टप इण्ड कपका अर्को महिना अस्ट्रेलियामा हुनेछ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शनिवार मोहम्मद इरफान खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लगातार तेस्रो पटक सिरिजमा भाग लिन लागेको पाकिस्तान ‘ए’ गत संस्करणको सेमिफाइनलमा एडिलेट स्ट्राइकरको एकेडेमी […]

July 12, 2025

नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते छनोट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । शनिवार जारी खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ […]

Success

Thank you for your time.