10 months ago
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।
तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]
July 10, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध तेस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । लड्समा टस जितेर पहिले ब्याटिङ गरिरहेको इङ्ग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको छ । घरेलु टोलीका जो रुट ९९ रन र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन् । त्यसअघि ओली पोप ४४, ओपनर बेन […]