10 months ago
September 21, 2024
एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ ।
अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो ।
दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो पटक हो ।
सारजहामा ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा अल आउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
कप्तान टेम्बा बभुमाले सर्वाधिक ३८, टोनी डि जोर्जीले ३१, एडेन मारकमले २१ तथा रिजा हेनरिक्सले १७ रन जोडे । एक समय ७३ रनमा कुनै विकेट नगुमाएको दक्षिण अफ्रिकाले बाँकी ६१ रन जोड्दा १० विकेट गुमायो ।
अफगानिस्तानका राशिद खानले ९ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । नान्गियालिया खारोटेले ४ र अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रमिउल्लाह गुर्वाजको शतकमा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनायो । गुर्वाजले १ सय १० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रन जोडे ।
अज्मतुल्लाह ओमरजाइले ५० बलमा ५ चौका र ६ छक्कासहित नट आउट ८६ रन बनाए । रहमत शाहले ६६ बलमा ५०, रियज हसनले ४५ बलमा २९ र राशिद खानले १२ बलमा नट आउट ६ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि लुन्गि एन्गेडि, एडेन मारकम र नान्द्रे बर्गरले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो ओडिआई खेल आइतवार हुनेछ ।
July 18, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]