default_image

9 months ago

October 20, 2024

कुशल प्लेयर अफ द म्याच घोषित

3742 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी खेलमा आइतवार नेपालका कुशल भुर्तेल प्लेयर अफ द म्याच भएका छन् ।

अमेरिकालाई सुपर ओभरमा पराजित गराउन कुशलको भुमिका महत्वपूर्ण रहेको थियो । कुशलले ब्याटिङ तर्फ ५४ बलमा ७ चौका र ६ छक्काको सहयोगमा नट आउट ९२ रन बनाएका थिए । फिल्डिङ तर्फ कुशलले २ महत्वपूर्ण क्याच समेत लिएका थिए ।

सन् २०२१ अप्रिल १७ मा टि ट्वान्टी आईमा डेब्यु गरेका कुशलले यसअघि ४ प्लेयर अफ द म्याच जितेका थिए ।

डालसस्थित ग्राण्ड प्रेरीमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

July 11, 2025

स्कटल्याण्ड विश्वकप छनाेटबाट बाहिरियो

एजेन्सी – जर्सीसँग पराजित हुदै स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ । बिहीबार नेदरल्याण्ड्समा सम्पन्न युरोपियन छनोटमा जर्सीसँगको खेलमा पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको हो । छनोटमा लगातार दोस्रो हार बेहोरेको स्टल्याण्ड आज भएको खेलमा जर्सीसँग १ विकेटले पराजित भएको हो । स्कटल्याण्डले दिएको १ सय ३४ रनको […]

July 11, 2025

‘एनपिएल रोक्नका लागि मेरो संलग्नता छ भन्नु गलत’ – खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो‌ संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]

July 11, 2025

क्यानले यु-१६ टोलीलाई पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]

Success

Thank you for your time.