12 months ago
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सोमवार सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले जारी गरेको खेलतालिकाको लिग चरणका खेलहरु पुस १ गते सम्म हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ ।
लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।
लिग मंसिर १५ बाट सुरु हुनेछ । लिगको चरणको खेल तालिका नेपाली मितीमा यसप्रकार छ :
मंसिर १५ गते शनिवार – विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स मध्यान्ह १२ः१५ बजे
मंसिर १६ गते आइतबार – विश्राम
मंसिर १७ गते सोमवार – काठमाडौं गुर्खाज विरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
-जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स दिउँसो १ः१५ बजे
मंसिर १८ गते मंगलवार – सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
-चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर १९ गते बुधवार – कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
-विराटनगर किङ्सविरुद्ध लुम्बिनी दिउँसो १ः१५ बजे
मंसिर २० गते बिहीवार – पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्स बिहान ९ः१५ बजे
-काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५बजे
मंसिर २१ गते शुक्रवार – कर्णाली याक्सविरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
-लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स दिउसो १ः१५ बजे
मंसिर २२ गते शनिवार – लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम बिहान ९ः१५ बजे
-कर्णाली याक्सविरुद्ध विराटनगर किङ्स दिउसो १ः१५ बजे
मंसिर २३ गते आइतवार – जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
-सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २५ गते मंगलवार – चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
-कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २६ गते बुधवार – जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
-काठमाडौं गुर्खाजविरुद्ध लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २७ गते बिहीवार – पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
-जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे
मंसिर २८ गते शुक्रवार – लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे
-विराटनगर किङ्सविरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २९ गते शनिवार – पोखरा एभेन्जर्सविरुद्ध काठमाडौ गुर्खाज बिहान ९ः१५ बजे
-चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्स दिउँसो १ः१५ बजे
मंसिर ३० गते आइतवार – विराटनगर किङ्सविरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
-पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स दिउसो १ः१५ बजे
पुस १ गते सोमवार -सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे

November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]