1 year ago
November 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टोली चितवन राइनोजको प्रमुख प्रायोजकमा ब्लु स्टार आबद्ध भएको छ ।
घरेलु सामाग्रीको उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतिक पन्त र चितवन टिमका अध्यक्ष आयुष न्यौपानेले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे।
चितवन राइनोजसँग साझेदारी गर्न पाउँदा खुसी लागेको पन्तले बताए । ‘यो साझेदारीको उद्देश्य एक अविस्मरणीय रुपमा रहनेछ । यसले नेपालको क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन सहयोग गर्नेछ ,’ चितवनका अध्यक्ष न्यौपानेले भने ।
चितवनले सोमबार एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको थियो । चितवनको मस्कटमा एक सिङ्गे गैडा रहेको छ ।
चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ ।
लिगको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म रहेको छ । खेलतालिका अनुसार चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]