default_image

1 year ago

November 24, 2024

ऋषभ बने आइपिएल इतिहासकै सबैभन्दा मँहगा खेलाडी

4492 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु रहेको थियो ।

यसअघिका सर्वाधिक मुल्य पाउने खेलाडीमा श्रेयस अय्यर रहेका थिए । यसै अक्सनमा अय्यरले पन्जाब किंग्समा २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि गत वर्ष कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

१२ खेलाडीको अक्सन सकिदा सर्वाधिक कम मुल्य पाउनेमा डेविड मिलर र लियम लिविगंस्टोन रहेका छन् । मिलर ७.५ करोडमा लखनउ सुपर जायन्ट्स र लिविगंस्टोन ८ करोड ७५ लाखमा रोयल च्यालेन्जर्स बेंग्लुरुमा अनुबन्ध भएका छन् ।

हालसम्म बिकेका खेलाडीहरु: (नगद भारुमा)

ऋषभ पन्त – २७ करोड – लखनउ

श्रेयस ऐर – २६.७५ करोड – पन्जाब

अर्षदिप सिंह – १८ करोड – पन्जाब

युजभेन्द्र चहल – १८ करोड – पन्जाब

जस बटलर – १५.७५ करोड – गुजरात

केएल राहुल – १४ करोड – दिल्ली

मोहमद सिराज – १२.२५ करोड – गुजरात

मिचेल स्टार्क – ११.७५ करोड – दिल्ली

कागीसो रबाडा – १०.७५ करोड – गुजरात

मोहमद शामी – १० करोड – हैदरावाद

लियाम लिभिंगस्टोन – ८.७५ करोड – बेंगलोर

डेविड मिलर – ७.५ करोड – लखनउ

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.