default_image

11 months ago

November 28, 2024

विश्वकप विजेता तनभिर चितवनमा अनुबन्ध

1097 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लागि चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहेल तनभिर अनुबन्ध गरेको छ ।

चितवनले अनुबन्ध गरेको दक्षिण अफ्रिकाका क्रिकेटर मार्चन्ट डे लांग अभ्यासका क्रममा घाइते भएर एनपिएलबाट बाहिरिए पछि उनको स्थानमा तजभिरले मौका पाएका हुन् ।

तनभिर पाकिस्तानले सन् २००९ को टि ट्वान्टी आई विश्व कप जित्दाको टोलीका महत्वपुर्ण सदस्य रहेका थिए ।

बाँया हाते पेस बलर तनभिरले राजस्थान रोयल्सलाई पहिलो संस्करणको आइपिएल च्याम्पियन बनाएका थिए । उनी पाकिस्तान सुपर लिग (पिएसएल) को विजेता समेत रहेका छन् । तनभिरले विश्वका चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् ।

‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू पनि छन्’ तनभिर बताए ।

‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं । उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’ चितवनका अध्यक्ष आयुष न्यौपाने भने।

चितवनको‌ मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । एनपिएलमा ८ टोलीको सहभागिता रहेको छ ।

एनपिएलको पहिलो संस्करण शनिवार देखि पुस ६ गतेसम्म हुनेछ । चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।

चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा र सोहेल तनभिर ।

चितवन राइनोजको एनपिएलमा खेलतालिका

मंसिर १७ गते – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १८ गते – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २१ गते – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते – सुदरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २८ गते – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २९ गते – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.