11 months ago
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान करण केसीको बिस्फोटक ब्याटिङको सहयोगमा काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो जित हासिल गरेको छ ।
दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो ।
१ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुमित महर्जनले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्काको प्रहार गरे ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । ओपनर माइकल लेभिटले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन जोडे । लेभिट विपिन शर्माको बलमा लामो शट खेल्ने प्रयासमा बाउन्ड्रीमा नन्दन यादवबाट क्याच आउट भएका थिए ।

करणले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । ठूलो सट खेल्ने चक्करमा सोमपाल कामीको बलमा बाउन्ड्रीमा देव खनालबाट क्याच आउट भए । ओपनर शंकर राना पहिलो विकेटका रुपमा आउट भए ।
शंकर ७ बलमा ६ रन बनाउँदै रन आउट भए । काठमाडौंले दोस्रो विकेटका रुपमा विदेशी खेलाडी स्टेफन स्किनाजी ६ बलमा ३ रन बनाउँदै नन्दन यादवको एलबिडब्लु धरापमा परे ।
भीम सार्कीले १० बलमा ९ रन जोडे । भीम जिशान मक्शुदको बलमा शिखर धवनबाट क्याच आउट भएका थिए । एक समय ९८ रनमा ५ विकेट गुमाएर हार नजिक पुगेको काठमाडौंका लागि करणको बिस्फोटक ब्याटिङले जित सम्भव बनायो ।
कर्णालीका लागि सोमपाल कामी, जिशान मक्सुद, विपीन शर्मा, नन्दन यादव र गुलशन झाले समान १ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडेका थिए । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । धवनको एनपिएलमा यो पहिलो अर्धशतक हो । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।
ओपनर धवनले २५औं बलमा पहिलो बाउन्ड्रि प्रहार गरेका थिए । उनले पहिलो बाउन्ड्रि १३औं ओभरको चौथो बलमा प्रहार गरेका थिए । उनले पछिल्लो २६ बलमा ५२ रन प्रहार गरे ।
चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे । चौथो ओभरको पाँचौ बलमा वाल्टन जेहार्ड एरास्मसको बलमा करण केसीबाट समातिए । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कडेलको बलमा बोल्ड आउट भए ।
गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । उनी जेहार्ड एरास्मसको बलमा विकेट किपर स्टेफन स्किनाजीले स्टपीङ गरे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे ।
त्यसअघि चितवन राइनोजविरुद्धको पहिलो खेलमा विकेटविहिन बनेका करण केसीले पहिलो ओभरको तेस्रो बलमा विकेट लिन सफल भए । करणले रनको खाता नखोल्दै देव खनाललाई आउट गराए ।
जनकपुर बोल्ट्ससँगको पहिलो खेलमा ५ बलमा १ रनमा आउट भएका देवले रनको खाता खोल्नै सकेनन् । देव करणको एलबिडब्लु धरापमा परे ।
अर्जुन घर्तीले ३ बलमा १ चौकाको सहयोगमा ४ रन जोडे । अर्जुन नाथन स्वटरको बलमा बोल्ड आउट भए । कर्णालीले पछिल्लो पाँच ओभरमा कुनै विकेट नगुमाइ ५८ रन जोडेका थियो ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।