2 months ago
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ ।
केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । इंग्ल्यान्डका बायडन कास्रले २, बेन स्टोक्स, गस एट्किन्सन र क्रिस वोक्सले १-१ विकेट लिएका छन् ।
टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड २८० रनमा अल आउट भयो । ह्यारी ब्रुकले ११५ बलमा ११ चौका र ५ छक्कासहित १२३ रन बनाए ।
यसअघि पहिलो खेलमा उनले न्युजिल्यान्डविरुद्ध १७१ रनको शतकीय इनिङ खेलेका थिए । उनलाई नाथन स्मिथले रन आउट गरेका थिए । जो रुट ३, ओली पोप ६६ र बेन स्टोक्स २ रनमा आउट भए ।
न्युजिल्यान्डका नाथन स्मिथले ४, विल ओरौरकले ३ र म्याट हेनरीले २ विकेट लिए । तीन खेलको टेस्टमा इंग्ल्यान्ड १-० ले अघि छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट १४ डिसेम्बरदेखि हामिल्टनमा सुरु हुनेछ ।
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]