default_image

12 months ago

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

6022 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ ।

आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ ।

बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा स्थान पक्का गरिसकेको छ। लुम्बिनी यसअघि नै एनपिएलको दौडबाट बाहिरिसकेको थियो। जनकपुर शुक्रवार चितवन राइनोजसँग पराजित भएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स पनि उपाधि अभियानबाट अगल भएको छ ।

अब सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, कर्णाली याक्स र चितवन मध्ये ३ टोली प्ले अफमा पुग्नेछन् ।

प्लेअफको दौडमा रहेका ४ टोलीको स्थिति

सुदूरपश्चिम रोयल्स

४ मध्ये सुदूरपश्चिमलाई प्लेअफमा छनोट हुन सबैभन्दा सहज स्थिति छ । सुदूरपश्चिमले लिग चरणका २ खेल्न बाँकी छ । सुदूरले ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

टोलीले आइतवार र सोमवार दुवै दिन खेल्नेछ। पोखरा सँग आइतवारको खेल जितेमा अन्तिम खेल अघि नै सुदूरपश्चिम प्ले अफमा पुग्नेछ।

सुदूरपश्चिम बाँकी रहेका दुवै खेलमा गुमाएको अवस्थामा पनि अघि बढ्ने सम्भावना रहन्छ। यद्यपि त्यसको लागि अर्को खेलको नतिजाले प्रभाव पार्न सक्छ।

काठमाडौं गुर्खाज

काठमाडौंको लिग चरण अब १ खेल बाँकी छ। काठमाडौंले आइतवार विराटनगरको सामना गर्नेछ । काठमाडौंलाई प्लेअफमा स्थान बनाउँन यो खेलमा जित आवश्यक छ । काठमाडौं पराजित भएको खण्डमा प्लेअफमा पुग्ने टोलीको टुंगो एक दिन अघि नै लाग्नेछ । प्लेअफको सम्भावना कायमै राख्न काठमाडौंलाई फराकिलो जितको आवश्यकता रहन्छ ।

कर्णाली याक्स

६ खेलमा पछिल्ला ४ खेलमा लगातार जितका साथ कर्णाली तालिकाको चौथो स्थानमा छ । कर्णालीको १ खेल बाँकी छ । लिग चरणको अन्तिम खेल सोमवार कर्णाली र सुदूरपश्चिमबीच हुनेछ । सुदूरपश्चिम विरुद्ध जित निकालेमा कर्णाली अघि बढ्नेछ । पराजित भएको खण्डमा अन्य खेलको नतिजामा निर्भर हुनुपर्ने छ।

चितवन राइनोज

प्लेअफ पुग्ने दौडमा रहेको र लिग चरणमा १ खेल पनि बाँकी नरहेको टोली चितवन मात्र हो । चितवन ७ खेलमा ४ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । यस्तोमा अघिल्लो चरणका लागि ३ खेलको नतिजामा भर पर्नुपर्ने छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.