1 month ago
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ ।
वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन बनाएको छ ।
अस्ट्रेलियाका लागि एलेक्स केरी ४५ तथा मिचेल स्टार्क ७ रनमा नट आउट छन् । त्यसअघि अस्ट्रेलियाका ट्राविस हेड तथा स्टिभ स्मिथले शतक पूरा गरेका थिए ।
हेडले १ सय ६० बलमा १ सय ५२ रन जोड्दै आउट भएका थिए । हेडले भारतविरुद्ध तेस्रो टेस्ट शतक पूरा गरेका हुन् । उनले दोस्रो टेस्टमा पनि शतक प्रहार गरेका थिए ।
स्मिथले १ सय ९० बलमा १ सय १ रनको शतकीय इनिङ खेले । चौथो विकेटका लागि हेड र स्मिथले २ सय ४१ रनको साझेदारी गरेका थिए । मार्नुस लाबुस्छेन १२ तथा ओपनर उस्मान ख्वाजा २१ रनमा आउट भए ।
भारतका लागि जसप्रित बुमराहले २५ ओभरमा ७२ रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सिराज तथा नितिश कुमार रेड्डीले समान १ विकेट लिए ।
सिरिजकोको पहिलो टेस्टमा भारत २ सय ९५ रन विजयी भएको थियो। दोस्रो टेस्ट घरेलु टोलीले १० विकेटले जित्दै सिरिजमा १- १ को बराबरीमा गरेको थियो ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]