default_image

1 month ago

December 20, 2024

पाकिस्तानलाई दक्षिण अफ्रिकाविरुद्ध एकै खेल अगावै सिरिज

1145 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । जित्नलाई ३ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २ सय ४८ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो उच्च लयलाई निरन्तरता दिदै ७४ बलमा ८ चौका र ४ छक्कासहिपत ९७ रनको इनिङ खेले पनि जित्नलाई पर्याप्त भएन ।

टोनी डी जोर्जी ३४, टेम्बा बभुमा १२, रास्सी भान डर डुसेन २३, एडेन माक्ररम २१ र डेविड मिलर २९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ८ ओभरमा ४७ रन खचेर ४ विकेट लिए । नसिम साहले ३, अब्रार अहमदले २ र सलमान अघाले १ विकेट लिए ।

त्यसअघि केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९.५ ओभरमा ३ सय २९ रनमा अल आउट भएको थियो । कप्तान मोहम्मद रिजवानले ८२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८० रन जोडे । बाबर आजमले ९५ बलमा ७ चौकासहित ७३ तथा कमरान घुलामले ३२ बलमा ४ चौका र ५ छक्कासहित ६३ रन जोडे । कमरान नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

दक्षिण अफ्रिकाका क्वेना मफकाले ९.५ ओभरमा ७२ रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिए ।

पाकिस्तानले पहिलो खेल ३ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । त्यसपछि यी दुई देशले दुई टेस्ट खेल खेल्नेछन् । दुई मध्य एक खेल जितेमा दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्नेछ ।

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]

Success

Thank you for your time.