1 month ago
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।
सिरिजकि तेस्रो तथा अन्तिम खेलमा शुक्रवार १ सय ३० रनको सहज जितका साथ नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले पहिलो खेल ३ विकेट तथा दोस्रो खेलमा २ सय २६ रनले जितको थियो ।
मुलपानी मैदानमा २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र जोड्न सक्यो ।
हङकङका लागि प्रित मगोकियाले सर्वाधिक ५५ रन जोडे । उनले ८७ बलमा ७ चौका प्रहार गरे । कप्तान शिब माथुरले १९ तथा अब्दुल समादले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कप्तान अभिषेक तिवारी र अर्फुद्धिन खानले समान २ तथा राजेश बोहोरा, दिपक सेरला र सन्तोष यादवले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल यु १९ ले ४९.१ ओभरमा अल आउट हुदै २ सय ६५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुर्याशुं कोइराला, सन्तोष यादव तथा कप्तान अभिषेक तिवारीले अर्धशतक बनाए ।
ओपनर सुर्याशुंले सर्वाधिक ६० रन जोडे । उनले ९६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । कप्तान अभिषेकले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडेका थिए । सन्तोषले ४५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रन जोडेका थिए ।
नरेन भट्टले ३६, राजेश बोहोराले ११ तथा सोहेल कुवँरले १३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङ यु १९ का लागि डानिल माप्पा, पर्थ श्रीवास्तव, शयान पुरी र प्रित मगोकियाले समान २ विकेट लिए ।
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]