1 month ago
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।
कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए । कुवेतलाई अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । मोहम्मद जवादुल्लाहले पहिलो वल वाइड र त्यसपछि मिट भावसारले चौका हानेका थिए । तर दोस्रो बलमा भावसार क्याच र तेस्रो बलमा मोहम्मद शफिक बोल्ड आउट भएपछि कुवेत जित नजिक पुगेर हार्यो ।
१९ औं ओभरमा कुवेतलाई यासिन पटेल र भावसारले जुनैद सिद्दिकलाई २१ रन प्रहार गर्दै जित नजिक पुर्याएका थिए । कुवेतका मित भावसारले ५४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन बनाए । युएईका अली नासिर, मोहम्मद जवादुल्लाह र सिमरनजीत कंगले २-२ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट रंगशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । युएईका तानिस सुरीले ३४, मोहम्मद वासिम १, आसिफ खान २३, एलिसान शराफु र राहुल चोपराले २८ रन जोडे । कुवेतका यासिन पटेल र सैद मोनिबले ३-३ विकेट लिए ।
गल्फ च्याम्पियनसिपमा युएई, कतार, ओमान, साउदी अरेविया, बहराइन र कुवेतको सहभागीता थियो । गतवर्ष पहिलो संस्करणको उपाधि ओमानले जितेको थियो ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]