1 month ago
December 22, 2024
एजेन्सी – मलेसियामा भएको एसिसी यु १९ महिला एसिया कपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन भएको छ ।
पहिलो पटक आयोजना भएको यस एसिया कपमा आइतवार भएको फाइनलमा भारत भारतले बंगलादेश यु १९ लाई ४१ रनले पराजित गरेको हो ।
भारल यु १९ ले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा अल आउट हुदै ७६ रन मात्र जोड्न सक्यो ।
त्यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत यु १९ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रनको योगफल तयार गरेको थियो ।
एकै समूहमा रहेको नेपाल र भारतबीचको खेल वर्षाका कारण हुन सकेको थिएन । बंगलादेश यु १९ ले भने नेपाललाई सुपर फोरमा पराजित गरेको थियो ।
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]