3 weeks ago
December 23, 2024
एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् ।
पिसीबीका प्रवक्ता आमिर मीरका अनुसार पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि युएईलाई तटस्थ आयोजना स्थलको रुपमा छबोट गरेको छ । पाकिस्तान र भारतबीचको खेल फेब्रुअरी २३ मा हुनेछ ।
पाकिस्तान र भारत रहेको समूहमा बंगलादेश र न्युजिल्याण्ड पनि छन् । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग र मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । यी सबै खेलहरू दुबईमा हुने सम्भावना छ।
साविक विजेता पाकिस्तानले फेब्रुअरी १९ मा कराँचीमा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पाकिस्तानको अन्तिम लिग खेल बंगलादेशसँग फेब्रुअरी २७ मा रावलपिण्डीमा हुनेछ ।
दोस्रो समूहमा अफगानिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका छन् । लाहोर, कराँची र रावलपिण्डीमा भारतका बाहेक दुवै समूहका खेल हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल खेलहरु मार्च ४ र मार्च ५ मा हुनेछन् । पहिलो सेमिफाइनलमा रिजर्भ डेको व्यवस्था छैन । दोस्रो सेमिफाइनल खेलमा भने रिजर्भ डेको व्यवस्था छ । मार्च ९ मा हुने प्रतियोगिताको फाइनल खेल हुनेछ । फाइनल खेलमा रिजर्भ डेको व्यवस्था रहेको छ ।
यदि भारतले सेमिफाइनलमा स्थान बनाएमा पहिलो सेमिफाइनल युएईमा खेलाइनेछ । यदि भारत छनोट हुन सकेन भने दुवै सेमिफाइनल खेल पाकिस्तानमा हुनेछ । फाइनल खेल लाहोरमा हुने तय गरिएको छ, जसमा भारतले जित हासिल गरेमा युएईमा आयोजना गर्न सकिने प्रावधान राखिएको छ ।
सन् २०२७ सम्म भारतले आयोजना गर्ने आइसिसी इभेन्ट्समा पाकिस्तानका खेलहरु पनि तटस्थ स्थलमा हुने सहमति भएपछि हाइब्रिड मोडेललाई अन्तिम रुप दिइएको हो ।
यो सम्झौता च्याम्पियन्स ट्रफीबाट सुरु हुनेछ । यो सन् २०२५ मा भारतमा हुने महिला एकदिवसीय विश्वकप तथा सन् २०२६ को पुरुष टि ट्वान्टी विश्वकपमा पनि लागू हुनेछ ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]