3 weeks ago
December 27, 2024
एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गत चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध भारतले खराब सुरुवात गरेको छ ।
अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा भारतले पहिलो इनिङको सुरुवात खराब गरेको हो । दोस्रो दिन शुक्रवारको खेल सकिदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाएको छ ।
ऋषभ पन्त ६ र रविन्द्र जडेजा ४ रनमा नट आउट छन् । ओपनर यसश्वी जैसवालले ८२ रन जोड्दा अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३ रन मात्र जोड्न सके ।
विराट कोहली ३६, केएल राहुल २४ रनमा आउट हुँदा आकाश दिपले रनको खाता नै खोल्न सकेनन् ।अस्ट्रेलियाका लागि कप्तान प्याट कमिसं र स्कट बोल्याण्डले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा ४ सय ७४ रनमा बनायो । ६ विकेट गुमाएर ३ सय ११ रनबाट अस्ट्रेलियाले दोस्रो दिनको खेल अघि बढाएको थियो।
टोलीकसइ स्टिभ स्मिथले सर्वाधिक १ सय ४० रन जोडे । उनले १ सय ९७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । कप्तान प्याट कमिन्स ४९ रनमा आउट भए । अस्ट्रेलियाका ओपनर साम कोन्स्टास, अर्का ओपनर उस्मान ख्वाजा र मार्नस लाबुस्छेनले अर्धशतक बनाए ।
यसैबाट टेस्ट डेब्यु गरेका कोन्स्टासले ६० र ख्वाजाले ७२ रन जोडे । एलेक्स केरीले ४१ बलमा ३१ रन बनाए । मिचेल मार्श ४ रनमा आउट हुँदा ट्रभिस हेडले रनको खाता खोल्न सकेनन् ।
भारतका लागि जसप्रित बुमराहले ४, रविन्द्र जडेजाले ३, आकाश दिपले २ तथा वासिटंन सुन्दरले १ विकेट लिए ।
पहिलो टेस्ट २ सय ९५ रनले गुमाएको अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]