default_image

11 months ago

December 28, 2024

श्रीलंकामाथि न्युजिल्याण्डको रोमाञ्चक जित

760 views

0 Bookmark

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले श्रीलंकामाथि पहिलो टि ट्वान्टी आईमा रोमाञ्चक जित हासिल गरेको छ ।

न्युजिल्याण्डले शनिवार श्रीलंकालाई ८ रनले हराएको छ । न्युजिल्याण्डले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न सक्यो ।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ९० रन जोडे । उनले ६० बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि निशंका र अर्का ओपनर कुशल मेन्डिसले १३.३ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए । मेन्डिसले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडे ।

श्रीलंकाले पहिलो विकेट गुमाउँदा जितका लागि ३९ बलमा ५२ रनको आवश्यकता थियो । तर, कुनै पनि खेलाडीले दोहोरो अंकमा रन नजोड्दै नियमित विकेट गुमाए पछि श्रीलंका पराजित हुन पुग्यो ।

भानुका राजापाक्षे ८, वानिन्दु हसरंगा ५ तथा कप्तान चरिथ अंसलका ३ रनमा आउट भए । १ सय २१ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाले ४३ रन थप्दा सात विकेट गुमायो ।

न्युजिल्याण्डका लागि प्लेयर अफ द म्याच समेत भएका जोकब डफीले ३ तथा जाक्रि फल्स र म्याट हेनरीले समान २ विकेट लिए । अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि १४ रन आवश्यक परेकोमा फुल्सले २ विकृटका साथ ५ रन मात्र खर्चिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार गरेको थियो ।

माइकल ब्रेसवेल र ड्यारिल मिचेलले अर्धशतक बनाए । मिचेलले सर्वाधिक ६२ रन जोडे । उनले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

छैठौं विकेटका लागि मिचेल र ब्रेसवेलले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । ब्रेसवेलले ३३ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन जोडेका थिए । मार्क च्याम्पम्यान १५, ओपनर टिम रोबिसन ११ तथा ग्लेन फिलिप्स र रचिन रविन्द्र समान ८ रनमा आउट भए ।

श्रीलंकाका विनुरा फर्नान्डो, महेश थिक्सेना र वानिन्दु हसरंगाले समान २ तथा मथिशा पथिरानाले १ विकेट आफ्नो नाममा गरे । दोस्रो टि ट्वान्टी आई खेल सोमवार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.