2 weeks ago
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका छन् ।
त्यस्तै, समुह ‘सी’ बाट टिम बिडीएस विजेता र बिएमडीएस उपविजेता तथा समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी विजेता र मिक्समान्डु उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका छन्।
प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ। फाइनल शनिवार हुनेछ। पहिलो क्वार्टरफाइनल क्रिकेट एक्सिलेन्स सेन्टर र बिएमडीएस तथा दोश्रो क्वार्टरफाइनलमा चक्रवर्ती ल कलेज र टिम बिडीएस बिच हुनेछ ।
त्यस्तै, तेश्रो क्वार्टरफाइनल किंग्स क्रिकेट एकेडेमी र मिक्समान्डु तथा चौंथो क्वार्टरफाइनल स्टुडियो सेभेन र ग्रेट हिमालय क्रिकेट एकेडेमी बिच हुनेछ।
टि-टेन प्रतियोगिता काठमाडौंको स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सन्चालन भइरहेको छ ।
लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको विजेताले १ लाख र दोस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटर ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]