11 months ago
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका छन् ।
त्यस्तै, समुह ‘सी’ बाट टिम बिडीएस विजेता र बिएमडीएस उपविजेता तथा समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी विजेता र मिक्समान्डु उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका छन्।
प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ। फाइनल शनिवार हुनेछ। पहिलो क्वार्टरफाइनल क्रिकेट एक्सिलेन्स सेन्टर र बिएमडीएस तथा दोश्रो क्वार्टरफाइनलमा चक्रवर्ती ल कलेज र टिम बिडीएस बिच हुनेछ ।
त्यस्तै, तेश्रो क्वार्टरफाइनल किंग्स क्रिकेट एकेडेमी र मिक्समान्डु तथा चौंथो क्वार्टरफाइनल स्टुडियो सेभेन र ग्रेट हिमालय क्रिकेट एकेडेमी बिच हुनेछ।
टि-टेन प्रतियोगिता काठमाडौंको स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सन्चालन भइरहेको छ ।
लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको विजेताले १ लाख र दोस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटर ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]