default_image

2 weeks ago

January 9, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा पुलिसको जित

686 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ ।

पुलिसले बिहीवार सकिएको खेलमा मधेश प्रदेशलाई एक इनिङ्स ३५ रनले हराएको छ। वीरगंजमा भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो ।

मधेश दोस्रो इनिङ्समा ९४ रन मात्र जोड्न सक्यो । मधेशका लागि विशाल पटेलले सर्वाधिक २७ रन जोडे । मयन यादव २२, हिमाशुं दत्त १७ मा आउट हुँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि कुशल भुर्तेलले ४.२ ओभरमा २२ रन खर्चिएर ६ विकेट लिए । गुलशन झाले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए ।

पहिलो इनिङ्समा पुलिसले २ सय ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पुलिसले इनिङ समाप्तिको घोषणा गर्दा १ सय २९ रनको अग्रता बनाएको थियो ।

पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ६३ रन जोडे । कुशलले ६८ बलमा १० चौका प्रहार गरे । पहिलो विकेटका लागि कुशल र अर्का ओपनर दीलिप नाथले ९६ रनको साझेदारी गरे । दीलिप ७९ बलमा ४० रनमा आउट भए । गुलशन १४ बलमा २० बनाउँदै आउट हुँदा आरिफ शेख ४० रनमा नट आउट रहे ।

पुलिसका अमित श्रेष्ठ ३५ रनमा आउट हुँदा शंकर राना ३१ रनमा नट आउट रहे । अर्जुन साउद भने २१ रन जोड्दै रिटायर्ट हर्ट भए । मधेशका लागि कप्तान हरिशंकर शाहले २ तथा अभिषेक तिवारीले रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि वीरगंजमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४२.४ ओभरमा अलआउट हुँदै १ सय २९ रन जोडेको थियो । मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक ५९ रन जोडे । उनले १ सय २ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

निरज यादव २९ रनमा आउट भए अभिषेक तिवारी १७ रनमा नट आउट रहे । एक समय ९९ रनमा २ विकेट मात्र गुमाएर बलियो स्थितिमा रहेको मधेशले पछिल्लो ८ विकेट मात्र ३० रनमा गुमायो ।

पुलिसका लागि तीव्र गतिका बलर गुलशनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए ।कुशलले २, श्रवण यादव र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

पुलिसका लागि ६३ रन जोड्दै ७ विकेट लिएका कुशल भुर्तेल प्लेयर अफ द म्याच भए । पुलिसले १० सहित बोनसको १५ अंक पाएको छ । पुलिस ४० अंकका साथ शीर्ष स्थानमा छ ।

इनिङ्सको आधारमा पराजित मधेशले बोनसको ६ अंक मात्र पाएको छ । मधेशका २१ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रतियोगिताको बाँकी खेल –

जनवरी ११ देखि १२ सम्म

नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – वीरगंज

जनवरी १४ देखि १६ सम्म फाइनल खेल – वीरगंज

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]

Success

Thank you for your time.