default_image

1 week ago

January 11, 2025

अमित र अर्जुनको अर्धशतकमा पुलिसको फराकिलो अग्रता

820 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ब्याटरद्वय अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि फराकिलो अग्रता बनाएको छ ।

जय ट्रफी मेन्स एलिट कपको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध पहिलो इनिङ्समा १ सय ३ रनको अग्रता बनाएको छ ।

पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो । पुलिसका लागि अमितले सर्वाधिक ७९ रन जोडे । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे । अमितले चौथो विकेटका लागि अर्जुनसँग मिलेर १ सय ४८ रनको शतकीय साझेदारी गरे ।

अर्जुनले ८२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । गुलशन झाले १७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४, नन्दन यादव र प्रतिस जिसीले समान २ तथा रिजन ढकालले १ विकेट लिए ।

त्यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा १ सय १२ रनमा अल आउट भयो ।

बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा १० चौका प्रहार गरे । पाण्डे ब्याटमा लागेर विकेट तर्फ जादै गरेको बल रोक्ने प्रयास गर्दा आउट भए ।

प्रतिक श्रेष्ठले १२ रन जोड्नु बाहेक बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए । श्रवणले लिएको ह्याट्रिक प्रतियोगिताकै पहिलो हुन पुग्यो । उनले २७औं ओभरमा प्रतिक श्रेष्ठ, सुर्य तामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए ।

ललितनारायण राजवंशीले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए । आजै दोस्रो इनिङको सुरुवात गरेको बागमतीले चार ओभरको समाप्तीमा ८ रन जोडेको छ । बागमती अझै ९५ रनले पछि छ ।

पहिलो र दोस्रो खेल बराबरी खेलेको बागमती २८ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल बराबरी र एक खेलमा जित हात पारेको पुलिस ४० अंकका साथ शीर्ष स्थानमा छ ।

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

Success

Thank you for your time.