1 month ago
January 12, 2025
सुमन अधिकारी, बुटवल
नवयुग लुम्बिनी क्लबले पृथ्वी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजनामा भएको प्रतियागिताको फाइनलमा नव युवाले ग्राण्ड कस्मो लुम्बिनीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
७६ रनको लक्ष्य पाएको नव युवाले १६.५ ओभरमा ५ गुमाउँदै ७७ बनाएको थियो । टोलीका एजाज अहमदले २९ रन बनाए । प्रदिप जैसवालले १३ बलमा नटआउट १६ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको ग्राण्ड कस्मोले १९.५ ओभरमा अल आउट हुँदै ७५ रन बनायो । टोलीका रमन कुर्मीले ३८ बल खेल्दै सर्वाधिक ३६ रन बनाए। दिप नारायण कुर्मीले १९ रन जोडे।
विजेता नव युवाले ट्रफीसहित १ लाख र ग्रान्ड कस्मो लुम्बिनी ५० हजार रुपैयाँ प्राप्त गरेको छ । बुटवल -१६ स्थित नरैनापुर क्रिकेट मैदानमा पुस १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १३ टोलीको सहभागिता थियो । प्रतियोगिता टेनिस बल खेलाइएको थियो ।
विजेता र उपविजेता टोली खेलाडीलाई बुटवल नगर खेलकुद विकास समितिका संयोजक वोनिन पिया, आयोजक पुथ्वीनारायण शाह स्पार्टस प्रतिष्ठान, बुटवलका अध्यक्ष निरज प्रताप खाँडले पुरस्कृत गरे।
February 15, 2025
एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]
February 15, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]
February 14, 2025
एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]