4 weeks ago
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् ।
लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक बनाउन सकेका छैनन् । उनी पछिल्ला सात इनिङमा ६ पटक सिंगल डिजिटमा आउट भएका थिए ।
अर्का सफल अलराउण्डर शकिबलाई पनि टोली बाहिर राखिएको छ। च्याम्पियन्स ट्रफी टोलीबाट बाहिरिएसँगै शकिबको ओडिआई करियर अन्त्य हुने अनुमान गरिएको छ ।
लिटन र शकिबबाहेक बंगलादेशको टोलीमा आफिफ हुसेन, शोरिफुल इस्लाम र हसन महमुद पनि टोली बाहिर परेका छन् ।
बंगलादेशको टोली
नजमुल हुसैन शान्तो (कप्तान), मुशफिकुर रहीम , तौहीद हृदय, सौम्य सरकार, तन्जिद हसन, महमुदुल्लाह, जाकर अली, मेहदी हसन मिराज, रिशाद हुसैन, तस्कीन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जिम हसन, नाहिद राणा ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]