default_image

11 months ago

January 13, 2025

च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

630 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ ।

अफगानिस्तानले पाकिस्तानका पूर्व ब्याटर युनिस खानलाई मेन्टरको रुपमा अनुबन्ध गरिएको छ । एसिबीले तेस्रो पटक ग्लोबल प्रतियोगिताका लागि आयोजक देशबाट मेन्टर नियुक्त गरेको छ ।

अफगानिस्तानले भारतमा सन् २०२३ मा भएको एक दिवसीय विश्व कपमा अजय जडेजालाई मेन्टर नियुक्त गरिएको थियो । त्यस्तै गत बर्ष वेस्ट इण्डिजमा भएको टि ट्वान्टी विश्व कपमा ड्वेन ब्राभोलाई बलिङ सल्लाहकारको नियुक्त गरिएको थियो ।

फेब्रुअरी २१ मा कराँचीमा दक्षिण अफ्रिकासँग खेल्दै अफगानिस्तानले च्याम्पियन्स ट्रफीको सुरुवात गर्नेछ । अफगानिस्तानले समूह चरणका अन्तिम दुई खेल इङ्ल्यान्ड र अस्ट्रेलियासँग लाहोरमा खेल्नेछ ।

अफगानिस्तान क्रिकेट टोली

हशमतुल्लाह शाहिदी (कप्तान), रहमत शाह (उपकप्तान), रहमानुल्लाह गुरबाज, इकराम अलीखिल, इब्राहिम जादरान, सेदीकुल्लाह अटल, अजमतुल्लाह उमरजई, मोहम्मद नबी, गुलबदीन नैब, राशिद खान, अल्लाह गजानफर, नूर अहमद, फजल हक फारूकी, नवीद जादरान र फरीद अहमद मलिक ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.