3 weeks ago
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो ।
कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रमा बुढाथोकी र गौरी बुढाथोकीले समान १० रन थपे । यसबाहेक, कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । रेखा रावल र बिनु बुढाले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङको एपिएफले ममता चौधरी र कप्तान इन्दु वर्मा न २० ओभरमा १ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
ओपनर ममता चौधरीले सर्वाधिक ७८ रन बनाइन् । उनले ६६ बलमा १० चौका प्रहार गरिन् । कप्तान इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्। अर्की ओपनर राजमती ऐरीले २४ बलमा तीन चौकासहित २२ रन जोडिन् ।
त्यसअघि उद्घाटन खेलमा मंगलवार सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो। ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन्। गण्डकीकी लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले समान १ विकेट लिए।
टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकीले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ५५ रन बनायो। टोलीका रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाए।
सुदूरपश्चिमकी रेवती धामीले ४ विकेट तथा ऋतु कनौजिया र जानकी थापाले समान १ विकेट लिए। रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।
प्रतियोगितामा ७ प्रदेश तथा दुई विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब गरि ९ टोलीको सहभागिता छ।
समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र आर्मी छन्।
प्रतियोगिताको उपाधि जित्नेले ५ लाख , दोस्रो ले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्लेयर अफ दी सिरिजलाई ५० हजार रुपैयाँ तथा बेस्ट ब्याटर र बेस्ट बलरले समान २५ हजार रुपैयाँ पाउनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट संघको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ। प्रतियोगिताको उदघाटन सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले गरेका थिए।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]