11 months ago
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो ।
जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीकी सरस्वती पुनले नटआउट रहँदै सर्वाधिक ३१ रन जोडिन् । उनले २६ बलमा ५ चौका प्रहार गरिन् ।
ओपनर रञ्जु श्रेष्ठले २० र एन्जी पाठकले १८ रन बनाइन् । गण्डकीकी अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ९७ रन जोडेको थियो ।
गण्डकीकी सलिना सेनले नट आउट रहँदै सर्वाधिक ३३ र रेखा तामाङले २५ रन जोडेकी थिइन् । लुम्बिनीकी मनिषा रानाले २ र मधु डिसीले १ विकेट लिइन् ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह बी मा कोशी , मधेश , बागमती त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]