3 weeks ago
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ ।
डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् ।
१ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट हुदै १ सय ४० रन मात्र बनायो । नाइट राइडर्सका लागि जोय काल्र्कले सर्वाधिक ५५ रन जोडे । उनले ३२ बलमा ८ चौका प्रहार गरे ।
जेसन होल्डर २७, कायल मेयर्स २१ तथा अलिशान सरफु ११ रन बनाए । नाटराइडर्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
डेजर्टका लागि नाथन स्वटेरले ३, वानिदु हसरंगाले २ तथा डान लरेन्स, मोहम्मद आमिर र धुव्र परासरले समान १ विकेट लिए ।
त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ रोजेको डेजर्टले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
एलेक्स हेल्सले सर्वाधिक ५८ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । डान लरेन्सले ४९, कप्तान साम करणले ३१ तथा अजाम खानले २१ रन जोडे ।
नाइट राइडर्सका लागि जेसन होल्डरले २ तथा कायल मेयर्स र डेविड बिल्लीले समान १ विकेट लिए ।
डेजर्ट ४ खेलमा अपराजित रहदै अंक तालिकाको शीर्ष स्थानमा छ । नाइट राइडर्स ३ खेलमा १ जितका साथ चौथो स्थानमा छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]