default_image

3 weeks ago

January 20, 2025

महिला पिएम कप – बागमतीले आर्मीलाई हरायो

349 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो ।

८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो । आर्मीकी अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन जोडिन् ।

निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि सोनु खड्का, कन्चन श्रेष्ठ र मनिषा उपाध्यायले समान २ तथा संस्कृती फुयाल र विपाशा शाहीले समान १ विकेट लिइन् ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन जोडेको थियो ।

बागमतीका लागि ओपनर यशु पाण्डेले सर्वाधिक २५ रन जोडेकी थिइन् । कप्तान कन्चन श्रेष्ठले नट आउट २४ रन बनाउँदा यशोदा विष्ट २० रनमा नट आउट रहिन् ।

आर्मीका लागि इश्वरी विष्ट र लक्ष्मि साउदले समान १ विकेट लिए ।

बागमती २ खेलमा २ अंक जोड्दै समूह ‘बी’ को तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

Success

Thank you for your time.