11 months ago
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ ।
भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो ।
जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतलाई सहज जित दिलाउन ओपनर शर्माले सर्वाधिक ७९ रन जोडे । उनले ३४ बलमा ८ छक्का र ५ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि शर्मा र तिलक बर्माले ८४ रनको साझेदारी गरे । बर्माले १६ बलमा ३ चौकाको सहयोगमा नट आउट रहँदै १९ रन बनसए ।
सञ्जु स्यामसनले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २६ रन जोडे । हार्दिक पाण्ड्या ३ रनमा नट आउट रहे । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल राशिदले १ विकेट लिए ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।
ह्यारी ब्रुकले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए ।
इङ्ग्ल्याण्ड ५ टि ट्वान्टी आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ । दोस्रो टि ट्वान्टी आई शनिवार चेन्नइमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]