3 weeks ago
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर सम्झना खड्काको अर्धशतकको सहयोगमा कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।
बिहीवार भएको सुपर फोरको खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको हो । आर्मी समूह बी को विजेता तथा सुदूरपश्चिम समूह ए को उपविजेता बन्दै सुपर फोरमा पुगेका थिए ।
१ सय ११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि ओपनर मनिषा बोहोराले सर्वाधिक १८ रनजोडिन् । अर्की ओपनर कविता कुँवरले १६ तथा कप्तान बिन्दु रावलले ११ रन जोडिन् ।
सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि सुस्मिता भुषालले ३, सिता शाही र कप्तान लक्ष्मी साउदले समान १ विकेट लिइन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन जोडेको थियो ।
आर्मीका लागि ओपनर सम्झनाले नट आउट रहँदै सर्वाधिक ७४ रन जोडिन् । उनले ५७ बलमा ८ चौका प्रहार गरिन् । आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि जानकी थापाले २, रेवती धामी र आशिका महराले समान १ विकेट लिए । आजै भएको सुपर फोरको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई पराजित गरेको थियो ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम थिए । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब थिए ।
दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरको शीर्ष २ मा रहने टोलीको बीचमा फाइनल खेल हुनेछ ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]