default_image

2 weeks ago

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

1026 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ ।

बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

त्रिविका लागि लोकेशले ५३ बलमा १ सय ३ रन जोडे । आइश भट्टराईले ५७ बलमा ८८ रन बनाए ।

२ सय १२ रनको विशाल लक्ष्य पछ्याएको पूर्वाञ्चल ८.५ ओभरमा ४४ रनमा अल आउट भयो । पूर्वाञ्चलका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस्तै, आजै भएको पहिलो खेलमा भारतको लखनउ विश्वविद्यालयले बिहार विश्वविद्यालयलाई पराजित गर्यो । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १ सय ७ रनको सामान्य लक्ष्य लखनउले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

लखनउका लागि मनान कान्दपालले ४१ बलमा ३६ तथा यश वद्र्धनले २५ बलमा २७ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको बिहारले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो ।

बिहारका लागि शलव सिंहले ३३ बलमा ४१ तथा शुभमले २४ बलमा २३ रन जोडे ।

नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।

प्रतियोगिताको खेलतालिका

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.