2 weeks ago
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा फेरि पराजित भएको छ ।
गल्फ दुबई क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो । गल्फले पाँचौ खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन ।
१ सय ५४ रनको मध्यम लक्ष्य क्यापिटल्सले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । क्यापिटल्सको जितमा शाई होपले सर्वाधिक ४७, दसन शनकाले नट आउट ३४ तथा कप्तान सिकन्दर राजा २६ रनमा नट आउट रहे ।
गल्फका लागि आयान खानले २, मोहम्मद जुहिब, ब्लेसिङ मुजर्वानी र मार्क अडिरले समान १ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गल्फले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो ।
गल्फका लागि जोर्डन कक्सले सर्वाधिक ७०, जेहार्ड एरास्मसले २९ तथा कप्तान जेम्स भिन्सले २४ रन जोडे । क्यापिटल्सका लागि जाहिर खान, गुलबदिन नैब, दुस्मन्था चमिरा र ओबेड म्याकोइले समान १ विकेट लिए
जितसँगै क्यापिटल्स ६ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । गल्फ ५ खेलमा २ अंकका साथ छैठौं स्थानमा छ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]