5 months ago
January 24, 2025
हिमाल खरेल, बिर्तामोड
झापाको बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरले दमक नगरपालिकालाई १० विकेटले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १० ओभरमा झारिएको थियो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो ।
दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे । सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन बनाए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।
भद्रपुरका प्रवेश कामतीले २ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिए ।
त्यस्तै, जवाफी ब्याटिङ गरेको भद्रपुरले ४. ४ ओभरमा बिना विकेटको क्षतिमा ७५ रनको लक्ष्य प्राप्त गरेको थियो । भद्रपुरका लागि निखिल पौडेलले १९ बलको सामना गर्दै विष्फोटक ५४ रन बनाए।
उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भद्रपुरका निखिल प्लेयर अफ द म्याच भए र उनले ३ हजार रुपैयाँ ।
भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा जारी प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको आयोजक बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष प्रसाईंले बताए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]