default_image

2 weeks ago

January 25, 2025

रुपन्देही ‘ए’ सुपर लिग- एमसिसी विजयी

115 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिवारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसिसी) विजयी भएको छ ।

एमसिसीले प्रोफेसनल मास्टर्स ११ लाई ८० रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एमसिसीले निर्धारित ३९ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ८ रन बनायो ।

उसका लागि आदित्य यादवले ५९, सन्दीप रजालीले ५६, अमन खानलले ३० र विपिन आचार्यले १३ रन बनाए । बलिङमा प्रोफेसनलका कर्ण साहनी र ड्रस सुनारले समान २ तथा अख्तर हुसेन र जयप्रताप यादवले समान १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्रोफेसनल ३८.४ ओभरमा १ सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि जयप्रताप यादवले २१, ड्रस सुनारले १६, अजय रसाइलीले १५ र अख्तर हुसेनले १० रन बनाए ।एमसीसीका विपिन आचार्यले ३, सन्दीप रजाली र विनय कुर्मीले समा २ तथा रमेश कुर्मी, विजय प्रजापती सोहिल पालले समा १ विकेट हात पारे । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याच घोषित भए ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

February 7, 2025

थाइल्याण्डविरुद्ध नेपालको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]

February 7, 2025

नेपालले टस जित्यो, राजमतीको डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]

February 7, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]

Success

Thank you for your time.