default_image

2 weeks ago

January 25, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ सेमिफाइनलमा

648 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मध्यपश्चिम र लखनउ विश्वविद्यालय राजधानीमा जारी जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

शनिवार भएको खेलमा नेपालको मध्यपश्चिमले लखनउलाई २ विकेटले पराजित गरि समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । पराजित लखनउ समूह उपविजेता रुपमा सेमिफाइनल पुगेको हो ।

लखनउले दिएको १ सय ४२ रनको लक्ष्य मध्यपश्चिमले १९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा ओपनर निश्चल रावलले सर्वाधिक ४९ रन जोडे । उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

दीपक डुम्रेले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३, मनिश थापाले १५ तथा विपिन खत्रीले नट आउट १४ रन जोडे ।

लखनउका लागि संञ्जय विश्वकर्माले ४, अभिषेक सोनीले २ तथा अभिषेक प्रकाश र अनन्द सागरले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।

लखनउका लागि आदित्य प्रताप सिंहले सर्वाधिक ६२ रन जोडे । ओमकार सिंहले ३२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मध्यपश्चिमका लागि राजकुमार शाहले ३ तथा कप्तान विपिन खत्री, दीनेश अधिकारी र दीवान पुनले समान १ विकेट लिए ।

जितसँगै मध्यपश्चिम समूह चरणको ३ खेलमा अपराजित रहँदै सेमिफाइनल पुगेको छ । पराजित लखनउ २ जित र १ हारका साथ सेमिफाइनल पुगेको छ । समूह ए बाट सेमिफाइनल पुग्ने टोली तय आइतवार हुनेछ ।

आजै भएको दोस्रो खेलमा काठमाडौंले दिल्लीलाई ३९ रनले पराजित गर्यो ।

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.