11 months ago
January 26, 2025
एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ ।
भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो ।
१ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा लितक बर्माले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५५ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
वासिंटन सुन्दरले १९ बलमा २६, कप्तान सुर्यकुमार यादव र ओपनर अभिषेक शर्माले समान १२ तथा रवि विष्नोइले नट आउट ९ रन जोडे ।
इङग्ल्याण्डका बाइडेन कार्सले ३ तथा मार्क वुड, आदिल राशिद, जेम्स ओभरटर्न र लियम लिविङ्स्टोनले समान १ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ४५ रन जोडेका थिए । उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए । बाइडन कार्सले १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाएका थिए ।
जेमी स्मिथ २२, ह्यारि ब्रुक र लियम लिभिङ्स्टोन समान १३ रनमा आउट भएका थिए । आदिल राशिद १० रनमा आउट हुँदा जोफ्रा आर्चर १२ रनमा नट आउट रहेका थिए ।
भारतका लागि वरुण चक्रवती र अक्षर पटेलले समान २ , हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अर्शदिप सिंह र वासिंटन सुन्दरले समान १ विकेट लिएका थिए ।
इङ्ग्ल्याण्ड ५ खेलको टि ट्वान्टी आई सिरिज तथा ३ खेलको ओडिआई सिरिजका लागि भारत भ्रमणमा छ । तेस्रो टि ट्वान्टी आई मंगलवार हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]