default_image

3 weeks ago

January 26, 2025

कुशल सम्मिलित डेजर्ट प्लेअफमा

579 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीको प्लेअफमा पुगेको छ ।

लिगमा ३ खेल खेल्न बाँकी रहदा डेजर्टले प्लेअफमा स्थान पक्का गरेको हो । डेजर्टले शनिवार भएको खेलमा सारजहा वारियर्सलाई ८ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। डेजर्टले ७ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् ।

१ सय ५२ रनको लक्ष्य डेजर्टले १४.५ ओभरमा २ विकेट गमाएर पूरा गर्यो । डेजर्टको जितमा ओपनर्र एलेक्स हेल्सले नट आउट रहँदै सर्वाधिक ७७ रन जोडे । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

फखर जमान ७ रनमा आउट हुँदा कप्तान साम करन ५४ रनमा नट आउट रहे । सारजहाका एडम मिल्नेले २ विकेट लिए ।

त्यसअघि सारजहा क्रिकेट स्टेडियममा टस हारेर घरेलु टोलीले ब्याटिङको निम्तो पाएको थियो । सारजहाले निधर्नरित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो ।

सारजहाका लागि जेसन रोयले नट आउट रहँदै सर्वाधिक ५५, टोम कुलर क्याटमोरले ४२ तथा टिम साइफर्डले १६ रन जोडे । डेजर्टका खुजैमा तन्भिरले ४, डेविड पाइनीले २ तथा मोहम्मद आमिर र वानिन्दु हसरंगाले समान १ विकेट लिए ।

डेजर्ट ७ खेलमा ६ जित र १ हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सारजहा ६ खेलमा २ जितका साथ छैटौं स्थानमा छ ।

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

Success

Thank you for your time.