10 months ago
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
आइतवार बिहार र ढाका विश्वविद्यालयको खेल पछि सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट बंगलादेशको ढाका विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय सेमिफाइनल पुगेका छन् ।
समूह बी बाट नेपालको मध्य पश्चिम र भारतको लखनउ विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएको छ । दुवै सेमिफाइनल सोमवार हुनेछ। पहिलो सेमिफाइनलमा समूह ए को विजेता ढाकाले समूह बी को उपविजेता लखनउ विश्वविद्यालयको सामना गर्नेछ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता मध्यपश्चिमले समूह ए को उपविजेता त्रिभुवन विश्वविद्यालयको सामना गर्नेछ । फाइनल मंगलवार हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]