default_image

2 weeks ago

January 26, 2025

जय नेपाल कप – सेमिफाइनल समीकरण पूरा

1509 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतवार बिहार र ढाका विश्वविद्यालयको खेल पछि सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट बंगलादेशको ढाका विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय सेमिफाइनल पुगेका छन् ।

समूह बी बाट नेपालको मध्य पश्चिम र भारतको लखनउ विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएको छ । दुवै सेमिफाइनल सोमवार हुनेछ। पहिलो सेमिफाइनलमा समूह ए को विजेता ढाकाले समूह बी को उपविजेता लखनउ विश्वविद्यालयको सामना गर्नेछ ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता मध्यपश्चिमले समूह ए को उपविजेता त्रिभुवन विश्वविद्यालयको सामना गर्नेछ । फाइनल मंगलवार हुनेछ।

February 7, 2025

थाइल्याण्डविरुद्ध नेपालको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]

February 7, 2025

नेपालले टस जित्यो, राजमतीको डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]

February 7, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]

Success

Thank you for your time.