2 weeks ago
January 26, 2025
सुमन अधिकारी,बुटवल
वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ ।
वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै सहज जित निकाल्यो।
टोलीको जितमा देव खनालले अर्धशतक बनाए । देव ५५ रनमा नटआउट रहे। रन्जित खड्काले ३३, मिर्नाल गुरुङले नटआउट २९ र भुवन पाण्डेले १८ रन बनाए । बलिङमा जेआरका विशाल भुसाल र कुशल भूर्तेलले समान १ विकेट लिए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ४६ ओभरमा ३७ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
उसका लागि सन्दिप जोराले अर्धशतक बनाए । उनले ६६ रन जोडे । विशाल भुसालले १९, नविन भुसालले १४, दीलिप नाथले १३ र अनमोल थापाले १२ रन बनाए ।
बलिङमा वेष्टर्नका अभिषेश गौतमले १० ओभरमा १ मेर्डनसहित २८ रन खर्चेर ६ विकेट लिए । देवले २ तथा सुझाव थापा र इशान पाण्डेले समान १विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोली १ लाख १ रुपैयाँ र दोस्रो टोलीले ५० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]