10 months ago
January 27, 2025
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा जारी ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि जित निकालेको छ ।
लुम्बिनी खुकुरीले सोमवार प्रोफेसनललाई १ सय १८ रनको फराकिलो रनमा हराएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो योगफल बनाएको थियो ।
टोलीका लागि प्रज्वल थापाले ८४ र शंकर रानाले ७२ रनको अर्धशतकीय इनिङ खेले हुन । यसैगरि निश्चल चौधरीले ११ रन बनाए ।
प्रोफेसनलका जयप्रताप यादवले २ तथा कृष्ण पराजुली, अख्तर हुसेन र करण साहनीले समान विकेट लिएका थिए ।
जितका लागि १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको प्रोफेसनल मात्र १९.५ ओभरमा ६७ रन बनाएर अलआउट भयो ।
प्रोफेसनलका अजयकुमार चौहानले ४, सहदेश जिसी र आरिफ खानले समान २, सेहजाद आलम र साहब आलमले समान १ विकेट लिएका थिए ।
प्रोफेसनलका इमरान खानले २२, अजय रसाइलीले १३ र तुसार चौहानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा खुकुरीका प्रज्वल थापा प्लेयर अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र दोस्रो टोलीले ५० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]